२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

ट्रकमा ठोक्कियो यात्रुवाहक बस, ३८ जना घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.२ अगैया नजिक रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ३८ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार शनिवार बिहान राप्तीसोनारी २ अगैया घण्टहवा खोला नजिक पूर्वबाट पश्चिमतर्फ आइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३५३७ नम्बरको बस रोकिराखेको लु २ ख ५७०८ नम्बरको ट्रकमा ठोक्किँदा ३८ जना यात्रु घाइते भएका छन् ।

सो क्षेत्रमा गस्तीमा रहेको नेपाली सेनाको टोलीले दुर्घटनाको खबर प्रहरीलाई दिनुका साथै प्रहरीसँगै मिलेर घाइतेको उद्धार गरेर घाइतेलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ । काठमाडौँबाट कैलालीतर्फ गइरहेको सो बसका सबै घाइतेको उपचार शिक्षण अस्पतालमा भइरहेको र उनको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परेर घाइते हुनेमा कैलाली बर्दगोरिया गाउँपालिका ४ का वर्ष २८ का रमेश साउद, सोही गाउँपालिका १ का वर्ष २५ का कृष्ण साउद, कैलाली टीकापुर नगरपालिका १ का वर्ष २० का जीवन सोडारी, टीकापुर ४ का वर्ष ८१ की जसु बूढा, सोही स्थानकी वर्ष ५२ कि कमला शर्मा, धनगढी उपमहानगरपालिका १४ का वर्ष ६८ का सङ्ग्राम गिरी, उनका ६ वर्षका नाति विधान गिरी, कैलाली जानकी गाउँपालिका १ की वर्ष ३९ की सोमतीकुमारी चौधरी र जानकी गाउँपालिका ६ की वर्ष २३ कि करिश्मा बिक छन् ।

त्यसैगरी, बर्दगोरिया गाउँपालिका ३ खैरेनी की वर्ष २१ की कल्पना बिष्ट, टीकापुर नगरपालिका ५ बस्ने वर्ष ३८ का मनबहादुर थापा मगर, टीकापुर ४ बस्ने वर्ष २८ का आशिष थापा, सोही ठाउँ बस्ने वर्ष ६० का ढकेन्द्रबहादुर थापा, टीकापुर ८ बस्ने वर्ष ४१ की रमिता थारु, बर्दगरिया गाउँपालिका ६ बस्ने वर्ष २३ की सुहाना भण्डारी, कैलालीको जानकी गाउँपालिका ६ बस्ने वर्ष ३५ का महेन्द्र शाही, जानकी गाउँपालिका ३ बस्ने वर्ष ४५ का भीमबहादुर विश्वकर्मा, टिकापुर ५ बस्ने वर्ष २२ की सोनी चौधरी, टीकापुर १ बस्ने वर्ष ५७ की सरिता जैसी, उनकी सात वर्षकी नातिनी देवान्सी भाट र जानकी गाउँपालिका ४ बस्ने वर्ष ३२ की सबिना कुमारी डंगौरा पनि घाइते भएका छन् ।

यस्तै जिल्ला बझाङ गदरै गाउँपालिका वडा नं.७ बस्ने वर्ष ३५ की राधादेवी रोकाया, टीकापुर १० बस्ने वर्ष ५० की विमलादेवी तिमिल्सिना, कैलाली गौरीगङ्गा नगरपालिका ६ बस्ने वर्ष २२ का तारा साउद, जिल्ला बैतडी प्रचौडी नगरपालिका १ बस्ने वर्ष ४५ का पदमबहादुर बम, टीकापुर १ बस्ने वर्ष २७ की बसन्ती रेग्मी, सोही ठाउँ बस्ने वर्ष ३५ की शोभा रेग्मी, धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ५० की वृन्दाकुमारी देवल, भजनी नगरपालिकाका वर्ष २७ की मनिषा चौधरी, उनकी तीन वर्षकी छोरी कियारा चौधरी, बर्दिया बारबर्दिया नगरपालिका ६ बस्ने वर्ष १४ की रुपा चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

सोही प्रकारले कैलाली घोडाघोडी नगरपालिका २ बस्ने वर्ष २२ का दीपक भण्डारी, टीकापुर ६ बस्ने वर्ष २७ का दिनेश थारु, टीकापुर ३ बस्ने वर्ष २९ का ओमप्रकाश चौधरी, टीकापुर १ बस्ने वर्ष ४२ का कर्णप्रसाद चौलागाईं, जिल्ला बाँके नेपालगन्ज १३ बस्ने वर्ष ३१ की प्रतीक्षा जैसी, उहाँको तीन वर्षको छोरा प्रथम जैसी, कैलाली बर्दगोरिया गाउँपालिका ४ बस्ने यशोदा साउदको पाँच महिनाकी छोरी राया साउद र जिल्ला अछाम विनायक पञ्चदेवल नगरपालिका ७ बस्ने वर्ष ४५ की लक्ष्मीदेवी रावल पनि घाइते भएकोले उनीहरु सैबको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बस र ट्रक दुबैका चालकलाई नियन्त्रणमा लिएर घट्नाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार