२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

अब अनलाइन प्रणालीबाटै जग्गा रोक्का र फुकुवा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख १९ गते शनिबार

अब जग्गाको रोक्का र फुकुवाका लागि मालपोत कार्यालय जानु नपर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का तथा फुकुवाको सम्पूर्ण कामलाई अनिवार्य रूपमा अनलाइन प्रणालीबाट गर्ने जनाएको हो ।

विभागले एक सूचना जारी गर्दै सेवालाई पूर्णतः डिजिटल बनाउन यस्तो व्यवस्था लागु गर्न लागिएको जानकारी दिएको छ । उक्त सूचना अनुसार बैंक तथा वित्तीय संस्थाबाट यही वैशाख २१ गतेदेखि धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्य अनलाइन प्रणालीबाट मात्रै हुने भएको हो ।

सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागु गर्न, नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त सेवा पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउन तथा सम्पूर्ण सेवा प्रक्रियालाई मुहारबिहीन, समयबद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य सरकारको रहेको छ । यो प्रणाली लागु भएपछि सेवा प्रवाह छिटो, सहज र बिचौलियामुक्त बन्ने सरकारको जिकिर छ ।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार