२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

भारतबाट ल्याइएका पाँच हजार बढी कुखुराका चल्ला बरामद

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख १७ गते बिहीबार

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बुधबार यहाँ बरामद गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले अन्दाजी पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।

बरामद गरिएका चल्लालाई पशु क्वारेन्टिइन कार्यालय, नेपालगन्ज पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेन्टिइन कार्यालय प्रमुख डा.हरेराम यादवले जानकारी दिए ।

कडाइ गर्दा गर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए । भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उनले आग्रह गरे ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार