बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
मल्लविरुद्ध एक महिलाको जाहेरीकझ आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार
सत्यपाटी