होर्मुज जलडमरूमध्यमा एउटा कन्टेनर जहाजमाथि गोली चलाइएको घटना सार्वजनिक भएको छ । यूके मेरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ)का अनुसार ओमानबाट करिब १५ नौटिकल माइल उत्तर–पूर्वतर्फ यो घटना भएको हो ।
रिपोर्ट अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आइआरजीसी)को गनबोट जहाज नजिक पुगेपछि बिना कुनै रेडियो चेतावनी सीधै गोलीबारी गरिएको थियो । गोलीबारीबाट जहाजको नियन्त्रण केन्द्रमा क्षति पुगेको उल्लेख छ ।
यता इरानी स्रोतहरूले भने जहाजले सुरक्षा निकायको चेतावनी नमान्दा कारबाही गरिएको दाबी गरेका छन् । घटनापछि उक्त क्षेत्रको समुद्री सुरक्षाबारे चिन्ता बढेको छ ।
प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार
सत्यपाटी