२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday

काठमाडौंसहित देशका केही स्थानमा वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ५ गते शनिबार

देशका केही स्थानमा यतिबेला (शनिबार दिउँसो २ः२० बजे) पानी परिरहेको छ । वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित ‘हल्का’देखि ‘मध्यम’ पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘वाग्मती प्रदेशको जिरीमा पछिल्लो एक घण्टामा १६.४ मिमि पानी परेको छ,’ महाशाखाले भनेको छ ।

पानी पार्ने यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । ‘उक्त प्रणाली पूर्व सर्ने क्रममा रहेकोले आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ । काठमाडौंमा पनि पानी पर्न सुरु भएको छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार