टिकटकले Q4 2025 को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ, जसमा प्लेटफर्ममा सुरक्षित डिजिटल वातावरण कायम राख्न गरिएका कारबाहीहरूको विस्तृत विवरण समेटिएको छ । २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा नेपालमा मात्रै १९ लाख ३२ हजार ५७५ भिडियो हटाइएको टिकटकले जनाएको छ ।
यस अवधिमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत रहेको र ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा १७ करोड ५३ लाखभन्दा बढी भिडियो हटाइएको छ, जुन कुल अपलोडको करिब ०.५ प्रतिशत हो । तीमध्ये अधिकांश सामाग्री स्वचालित प्रणालीमार्फत पहिचान गरिएको थियो ।
टिकटकले यस अवधिमा १४ करोडभन्दा बढी नक्कली एकाउन्ट हटाएको छ भने १३ वर्षमुनिका हुन सक्ने शंकास्पद करोडौँ खाताहरू पनि हटाइएको जनाएको छ । रिपोर्ट अनुसार हटाइएका भिडियोमध्ये ठूलो हिस्सा संवेदनशील सामाग्री, सुरक्षा उल्लङ्घन, भ्रामक सूचना तथा एआई–जनरेटेड कन्टेन्टसँग सम्बन्धित थिए ।
सत्यपाटी