२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

नेपालमा १९ लाखभन्दा बढी भिडियो टिकटकले हटायो

टिकटकले Q4 2025 को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ, जसमा प्लेटफर्ममा सुरक्षित डिजिटल वातावरण कायम राख्न गरिएका कारबाहीहरूको विस्तृत विवरण समेटिएको छ । २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा नेपालमा मात्रै १९ लाख ३२ हजार ५७५ भिडियो हटाइएको टिकटकले जनाएको छ ।

यस अवधिमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत रहेको र ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा १७ करोड ५३ लाखभन्दा बढी भिडियो हटाइएको छ, जुन कुल अपलोडको करिब ०.५ प्रतिशत हो । तीमध्ये अधिकांश सामाग्री स्वचालित प्रणालीमार्फत पहिचान गरिएको थियो ।

टिकटकले यस अवधिमा १४ करोडभन्दा बढी नक्कली एकाउन्ट हटाएको छ भने १३ वर्षमुनिका हुन सक्ने शंकास्पद करोडौँ खाताहरू पनि हटाइएको जनाएको छ । रिपोर्ट अनुसार हटाइएका भिडियोमध्ये ठूलो हिस्सा संवेदनशील सामाग्री, सुरक्षा उल्लङ्घन, भ्रामक सूचना तथा एआई–जनरेटेड कन्टेन्टसँग सम्बन्धित थिए ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार