२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सत्यपाटीसत्यपाटी । अछाम । २०८३ वैशाख ४ गते शुक्रबार

अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ बजेतिर डुङ्गा पल्टिँदा स्थानीय ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य सुरु गरेको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले जानकारी दिए । उनका अनुसार नदी पारिबाट डुङ्गामा घाँस लिएर फर्कँदै गर्दा उनीहरू बेपत्ता भएका हुन् ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बेपत्ता व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको नौं जनाको टोली घटनास्थलतर्फ खटिएको छ । टोलीले बेपत्ता बाबुछोराको उनीहरुको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार