२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ३० गते सोमबार

नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसममा परिवर्तन देखिनेछ ।

देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भेगका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा हिमाली भूभागमा आंशिक बदली रहे पनि पहाड र तराईको मौसम मुख्यतया सफा रहने देखिन्छ । यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा हुन सक्ने सामान्य वर्षा र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार