२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

अब २४ घण्टामै नयाँ सवारी लाइसेन्स !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २४ गते मंगलबार

नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउनेछ । यो व्यवस्था भए अब नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्नुपर्दैन र झन्झटबाट मुक्ति पाउनेछन् ।

साथै लामो समयदेखि छाप्न बाँकी रहेका करिब २१ लाख पुराना लाइसेन्सहरू पनि आगामी असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ । मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘हाल छपाई गर्न बाँकी रहेका करिब २१ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइनेछ ।’

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार