जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा रहिमपातको सम्भावना रहेको र तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
सत्यपाटी