२०८३ वैशाख ५ , शनिबार 19, April 2026, Sunday

आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षा, पाँच प्रदेशमा हावाहुरी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २१ गते शनिबार

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई लगायत बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । बाँकी पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार