बाँकेको राप्तीसोनारी गाउँपालिका–६ डाँडा टेपरीमा हाइसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पाँच वर्षीय सुगन राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगन्ज आउँदै गरेको भे १ ज १५०५ नम्बरको ईभी हाइसले बाटोमा हिँडिरहेका रानालाई शुक्रबार बिहान ११ः३० बजे ठक्कर दिएको थियो ।
हाइसको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो १२ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दाङको लमही नगरपालिका–५ बस्ने अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो ।
भागेको सवारी साधनलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरी सहायक निरीक्षक प्रेम विकको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
सत्यपाटी