पाउनुपर्ने मात्र हो कि, दिनुपर्ने नि हो ?
सबैसँग बाँड्नु ठिक कि, सिमितसँग मात्रै हो ?
एकोहोरो मात्र हुनी हो कि, दोहोरै हुनी हो ?
केहिक्षणलाई मात्र हो कि, जूनिभरलाई हो ?
आफ्नो सोंच्दा अलमल्लमा पर्छु,
अरूको देख्दा रनभूल्लमा पर्छु,
कोहीसँगको सम्झिन्छु अनायासै झस्किन्छु,
कसैसँगको गमिन्छु आफूसँगै मस्किन्छु,
एक मनले सम्झाइरहन्छ सधैं, तसँग त यसको सागर छ,
बाँड्दा जहिल्यै रित्तिदैन कहिल्यै, महिमा यसको अपरम्पार छ,
लुटाउँदा बिगतमा बदलामा पाएको धोखाले मुटु तारतार छ,
तसर्थ अर्को मनले मान्दैन कसै, खेरजाला भन्नेमा होसियार छ,
यी दुईमनको द्वन्द्वबीच, एक्कासी आत्मा जुर्मुराउँछ,
नजरअन्दा गरेर दुबैलाई, दुबै मनको मूर्खतामा बड्बडाउँछ,
हैन कस्तो मूर्खता गर्दैछस् हँ तैले ?
स्वार्थी बनेर सन्तुष्ट त हुँदैनस् कहिले,
उदारतामा डुबाउने गर आफूलाई पहिले,
मानवताको सहि अर्थ निभाउँनेछस् जहिले ।
सम्झेर फेरि बिगतलाई किन,
दुःखाउनु आफैंलाई हरेक दिन,
समयसँगै बहनुमा पो बुद्दिमत्ता हुन्छ,
आफूबाटै शुर गर दिन र लिन,
नदिएरै एकोहोरो त कसरी पाउन सकिन्छ ?
फेरि दिएर यहाँ को पो रित्तिन्छ ?
बाँडेर त हेर हरक्षण हरेकलाई,
तब न तेरो पनि घडाँ भरिन्छ ।
