२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

विद्युत् महसुलको किस्ता नतिर्ने १५ उद्योग अझै अन्धकारमा

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १९ गते बुधबार

ट्रंक तथा डेडिकेटेड महसुलबापतको अतिरिक्त प्रिमियम शुल्क नतिरेपछि अहिले १५ वटा उद्योग अन्धकारमा डुबेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार, यसअघि लाइन काटिएका २५ उद्योगमध्ये महशुल बुझाउनेहरूलाई मात्र पुनः विद्युत् जोडिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, महशुलबापतको किस्ता रकम बुझाउने १० उद्योगमा लाइन पुनः जोडिएको हो । बाँकी १५ उद्योगले भने किस्ता नतिरेकाले लाइन काटिएकै अवस्थामा छन् । यसअघि प्रधानमन्त्री शुशीला कार्कीले निजी क्षेत्रका उद्योगीसँग छलफल गरेर मध्यमार्गी प्रस्तावमा सहमत भए पनि अहिलेसम्म उद्योगीले महशुलबापत बक्यौता तिरेका छैनन् ।

प्राधिकरणले २८ किस्तामा बक्यौता तिर्न आग्रह गरे पनि उद्योगीहरुले भने महशुलबापतको विवादित रकमको एक किस्ता बराबरको रकम धरौटीका रुपमा बुझाउन सहमत भएका थिए । तर, प्राधिकरणले भने किस्तालाई धरौटीका रुपमा मान्न तयार नहुँदा यो मुद्दा थप पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार