२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

रातिभन्दा दिउँसो धेरै पानी पर्ने, कहाँ-कहाँ हुँदैछ बर्षा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ८ गते बुधबार

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ । एकाध भूभागमा भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ ।

बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार