गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन । अहिले पनि पानी पर्नेवित्तिकै सडकको बेहाल हुने गरेको छ । प्री–मनसुनकै समयमा यात्रुहरू ज्यान नै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा ध्वस्त भएको छ । बेलाबेला सडक पूर्ण रूपमा अवरुद्ध हुने गर्छ ।
खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ । असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्मै पानी आइपुग्ने गरेको छ । असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रूपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ । तस्वीहरु : नेपाल फोटो लाइब्रेरी









सत्यपाटी संवाददाता । काठमाडौं