२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

नेपालीलाई दाँत कोट्याउन सवा तीन करोडको टुथपिक !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ वैशाख २९ गते सोमबार

नेपालले पछिल्लो नौ महिनामा विभिन्न देशबाट तीन करोड २४ लाख ९४ हजार रुपैयाँको टुथपिक आयात गरेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो नौ महिनामा नेपालले उक्त रकम बराबरको टुथपिक आयात गरेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार, ०८१ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा ९२ हजार ३२ केजी टुथपिक नेपाल भित्रिएको छ । चीन, भारत र अमेरिकाबाट नेपालले टुथपिक आयात गर्ने गरेको छ ।

नेपालले बितेको नौ महिनामा चीनबाट मात्र तीन करोड २३ लाख ४० हजार रुपैयाँको टुथपिक आयात गरेको विभागको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ को पहिलो नौ महिनामा नेपालले एक करोड ९० लाख ७५ हजार रुपैयाँको टुथपिक आयात गरेको थियो ।

यस अवधिमा ६० हजार ४२७ केजी टुथपिक नेपाल भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एक करोड ३४ लाख १९ हजार रुपैयाँ बढी रकम नेपालले टुथपिक आयातमा खर्च गरेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २९ गते सोमबार