भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालय नेपाली विद्यार्थीका लागि असुरक्षित बन्दै गएको छ । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालय तीन महिनाको अन्तरालमा अर्की एक नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएपछि ओडिसा राज्यको प्रहरी अनुसन्धानमा जुटेको छ ।
बिहीबार साँझ प्रिशा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे मृतकका परिवार र राजदूतावासलाई प्रहरीले जानकारी गराइसकेको छ । स्थानीय प्रहरी घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । शव पोस्टमार्टमका लागि त्यहाँको एम्स अस्पताल पठाइएको हो । भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले घटनामा विस्तृत अनुसन्धान गरिने बताए ।
उनका अनुसार वैज्ञानिक टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण विवरण संकलन गरेको छ । प्रहरीले छात्राको परिवार र नेपाल राजदूतावासलाई घटनाको जानकारी दिएको छ । घटनापछि ओडिशा सरकारले मृतक छात्राको परिवारप्रति समवेदना व्यक्त गरेको छ । सरकारी अधिकारीहरूका अनुसार, विश्वविद्यालयले छात्राका आमाबुवालाई तत्काल घटनाको जानकारी दिएको छ । राज्य सरकारले दोषीलाई आवश्यक कारबाही गरिने आश्वासन दिएको छ ।
प्रहरी आयुक्त र राजस्व विभागीय आयुक्त लगायत वरिष्ठ अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन र आवश्यक कदम चाल्न घटनास्थल पुगेका छन् । यो घटनाले विद्यार्थीको सुरक्षा र यस्तो दुर्घटना रोक्न गरिएका उपायहरूबारे चिन्ता बढाएको छ । विश्वविद्यालय प्रशासन र प्रहरीमा यस घटनामा गम्भीर अनुसन्धान गरी भविष्यमा यस्तो घटना नदोहोर्याउने उपायहरू तत्काल लागु गर्न दबाब परेको भारतको रिपब्लिक वल्र्ड अनलाइनले जनाएको छ ।
भारतको ओडिशा टीभी डट इनका अनुसार भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देवदत्त सिंहले विश्वविद्यालयमा हिजो साँझ करिब ७ बजे नियमित उपस्थिति लिने क्रममा मृतक छात्रा सम्पर्कमा नआएको बताए । भारतीय प्रहरीका अनुसार प्रिशा कोठामा एक्लै थिइन् । प्रहरीका अनुसार विश्वविद्यालयले त्यसपछि जाँच गर्दा उनी झुण्डिएको अवस्थामा फेला परिन् । त्यपपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई जानकारी गराएको थियो ।
भारतीय प्रहरीले झुन्डिएको अवस्थामा प्रिशाको शव बरामद गरेको छ । बिहीबार साँझ प्रहरीले आत्महत्या सम्बन्धी जानकारी पाएपछि तत्काल अनुसन्धान सुरु गरेको थियो । केआइआइटीमा पहिलो वर्षको दोस्रो सेमेस्टर अध्ययनरत वीरगन्जकी प्रिशा बिहीबार साँझ ८ बजे हेस्टेलको १११ नम्बर कोठामा मृत फेला परेकी थिइन् । कलेजको होस्टलमा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो ।
उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै घटना नेपाली विद्यार्थीमाझ क्याम्पसभित्र तीन महिनाभित्र दोस्रोपटक घटेको हो । यसअघि गत फागुन ४ मा केआइआइटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन् । प्रकृतिले आफ्नो पूर्वप्रेमीद्वारा यौन उत्पीडन र ब्ल्याकमेलको आरोपमा आत्महत्या गरेकी थिइन् ।
प्रहरी आयुक्त सुरेश देवदत्त सिंहले अगाडि भने, ‘हामीले अनुसन्धान गरिरहेका छौँ । फोेरेन्सिक वैज्ञानिकको टोली पनि घटनास्थलमा पुगिसकेको छ । पीडितको कोठामा खानतलासी चलिरहेको छ । पीडितका साथीहरू पनि उपस्थित छन् र उनीहरूले सहयोग गरिरहेका छन् ।’ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धनमा शवको नजिकै कुनै नोट फेला परेको छैन । तर, वैज्ञानिक टोलीले खोजी जारी राखेको छ । कुनै औपचारिक गुनासो नआएकाले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको बताएको छ ।
भारतको विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युका दोषीलाई कारबाही गर्न माग गरेको छ । एबीभीपी भारतरको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो । घटनालाई अत्यन्त पीडादायी भन्दै एबीभीपी विज्ञप्ति जारी गर्दै केआइआइटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ ।
एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआइआइटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ । केआइआइटी विश्वविद्यालयको प्रशासन र जिम्मेवार अधिकारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । एकै खालका घटना दोहोरिरहँदा केआइआइटीको विश्वस्नीयतामा प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । ‘केआइआइटी विश्वविद्यालयमा बारम्बार भइरहेका आत्महत्याका घटनाहरूले यसको विश्वसनीयतामाथि प्रश्न उठाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं