सूचनाको शक्ति - The Power Of Information

        

जनमत र नागरिक उन्मुक्तिबीच आज पार्टी एकता

जनमत र नागरिक उन्मुक्तिबीच आज पार्टी एकता हुँदैछ । कमलादिस्थित प्रज्ञा प्रतिष्ठानको हलमा बुधबार बिहान ११ बजे पार्टी एकताको घोषणा गर्न लागिएको हो । मधेसी र थारू पृष्ठभूमिबाट उदाएका यी दुई पार्टीबीच एकतापछि पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ । एकीकृत पार्टीको अध्यक्ष सिके राउत हुनेछन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षको भूमिकामा हुनेछिन् । नाउपा संरक्षक रेशम चौधरीको वरीयताक्रम पहिलो हुनेछ । राउत दोस्रो वरीयतामा र श्रेष्ठ तेस्रो वरीयतामा हुनेछिन् । झन्डा आयाताकार कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया हुनेछ । चुनाव चिह्न ढकिया नै राख्ने सहमति भइसकेको छ । केन्द्रीय समितिको आकार सात सय सदस्यीय हुने टुंगो लागिसकेको छ ।

पार्टीको मूल सिद्धान्त सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, विज्ञहरू सम्मिलित गैरसांसद मन्त्री रहने व्यवस्था, प्रधानन्यायाधीशसहित संवैधानिक अंगका प्रमुखहरू जनताबाटै चुनिनुपर्ने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख हुनुपर्ने र त्यहाँ पनि मन्त्रीहरू गैरसांसद र सानो आकारको प्रदेश सभा हुनुपर्ने लगायत शासकीय स्वरूपको मान्यता उनीहरूले अघि सारेका छन् । यी दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सांसद हुनेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ०९:१९

लोकप्रिय