स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ । बोर्डले आइतबार एक सूचना जारी गर्दै १८० जना मेडिकल अधिकृत मागेको हो ।
उनीहरूको कार्यावधि ९० दिनको हुनेछ । मेडिकल अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाण पत्र प्राप्त गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका चिकित्सकले सात दिनभित्र दरखास्त फाराम बुझाइसक्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेका चिकित्सकले दरखास्त दिन पाउनेछन् ।

सत्यपाटी संवाददाता । काठमाडौं