सिरदेखि पाउँसम्म कुनै बैंकको सुरक्षागार्डको जस्तो पोशाक । हातमा एउटा लट्ठी छ । कम्मरसम्म झुण्डिएको सिठ्ठी र पुरानिएर च्यातिनै लागेका जुत्ता । उनलाई झट्ट हेर्नेहरुले सुरक्षाकर्मी नै होला भन्ने अड्कल काट्छन् । उक्त ब्यक्ति सुरक्षाकर्मी पनि हैन तर सेवा बर्दी लगाएको प्रहरीको भन्दा कम छैन । उनलाई सबैले कलकत्ते दाई नामले चिन्छन् र काम नागरिक प्रहरीको ।
४९ वर्षदेखि तानसेन बसपार्कमा रहेर निरन्तर नागरिक प्रहरीको भूमिका निर्वाह गरेका टोपराज श्रेष्ठ (कलकत्ते दाई) लाई नचिन्ने कमै होलान् । २००२ सालमा स्याङ्जाको तत्कालीन सिरुखर्क गाविसमा जन्मिएका उनी शारीरिक रुपमा बुढ्यौलीतर्फ ढल्किए पनि सक्रियता भने उस्तै छ । कलकत्ते दाई २०३२ सालतिर कामको खोजीमा पाल्पा आएका बेलादेखि नै पाल्पा बसपार्कको सवारी ब्यवस्थापन कार्यमा लागेका हुन् ।
सवारी चालक र यात्रुहरुका बीच कलकत्ते दाईले परिचित उनले बुढ्यौलीमा पनि यसरी देखाएको सक्रियता देखेर सबैले आदर गर्छन् । टाढाबाट आएका यात्रुलाई गन्तब्यमा पुर्याउन सहयोग गर्ने, चालकलाई सवारीको साधनको अवस्था जाँचबुझ गरेर मात्रै गन्तब्यमा लाग्न सुझाव दिने, मादक पदार्थ सेवन नगर्न अनुरोध गर्ने, सवारी पार्किङ्गका लागि उपयुक्त स्थान देखाइने उनको दैनिकी हो । यसरी काम गरेबापत उनले कत्ति पनि तलब पाउँदैनन् । सवारी चालकहरुले आदर दिएको ५–१० रुपैयाँले उनको गुजारा चल्दै आएको छ ।
उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘सानै छँदा आमाको मृत्यु भएपछि बा ले अर्को बिहे गरे म सानो छँदा पनि पढेर समाजसेवी बन्ने रहर थियो, तर पढ्न पाइन त्यसैले अहिले सडकमा बसेर यात्रु सेवा गर्दैछु । यो मैले लगाएको सबै कपडा जडौरीमा आएको हो । सबैले मलाई माया गर्छन् । यो लट्ठी त देखाउनका लागि मात्रै हो कहिल्यै यसको प्रयोग गर्नुपरेको छैन कतिपय लफंगा केटाहरु पनि मलाई देखेपछि आफैं डराएर भाग्छन् ।’
उनले बृद्धभत्ता बापत मासिक रु.चार हजार पाउने गरेको भए पनि उक्त पैसा बिहान साँझ खाना नास्ता खाँदा ठिक्क हुने बताए । ‘बिरामी परियो भने उपचार खर्च हुँदैन,’ उनले भने । श्रेष्ठको परिवारमा अरु कोही छैन उनी एक्लै हुन् । बिहान भाले बास्न नभ्याउँदैदेखि उनको ड्युटी सुरु हुन्छ र साँझ आँखाले मेसो पाउञ्जेलसम्म सडकमै खटिन्टछन् । उनी काम सुरु गरेदेखि अहिलेसम्म एक दिन पनि बिदा लिएर कहिँकतै गका छैनन् ।
‘सामान्य जागिरेको भए यो बीचमा धेरै बिदाहरु पर्ने थिए होला तर उनले काम सुरु गरेदेखि अहिलेसम्म एक दिन पनि बिदा लिएर कहिँकतै गका छैनन्,’ श्रेष्ठ प्रतिप्रश्न गर्छन्, ‘मेरो घर नै सडक हो यहाँ हिड्ने यात्रुहरु मेरा आफन्त हुन् अब मैले बिदा लिएर कसलाई भेट्न जानु ?’ आमनागरिकका बीचमा लोकप्रिय र विश्वासका पात्रका रुपमा परिचित उनलाई बसपार्क छेवैमा रहेको ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुले समेत सम्मान गर्छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पाल्पा