[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
सूचनाको शक्ति - The Power Of Information

        

असगर अलीको एम्बिसन गुरु प्रकरणसँग जोडियो शिक्षामन्त्रीको राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले अचानक राजीनामा दिएपछि अहिले यसबारे विभिन्न कोणबाट बहस भइरहेको छ । शिक्षक आन्दोलन, प्रधानमन्त्री केपी ओलीको असहयोग र चिकित्सक निर्वाह भत्ताको विषयलाई लिएर उनले राजीनामा दिएको चर्चा भइरहेको छ । उनी आफैंले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन् ।

सतहमा यी तीन विषय आए पनि शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने अर्को कारक भने असगर अली रहेको जानकार स्रोत बताउँछ । अली प्रधानमन्त्री ओलीका आईटी विज्ञ हुन् । अघिल्लो प्रधानमन्त्री कालमा समेत आईटी विज्ञ बन्ने अवसर पाएका अलीलाई यसपटक पनि ओलीले सचिवस्तरीय सुविधा दिएर नियुक्त गरेका थिए ।

असार ३० गते प्रधानमन्त्री बनेका ओलीले साउन १३ गते अलीलाई नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीसँग भट्टराईको दुरी बढाउने प्रमुख कारक बनेका थिए अली । उनी त्यसै पनि पटक–पटक विवादमा तानिइरहने व्यक्ति हुन् । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा पनि अली आईटी विज्ञ नियुक्त भएका थिए र विवादमा तानिएका थिए ।

निजी कम्पनी चलाउने अलीले प्रधानमन्त्रीको सल्लाहकार पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिँदै आएको सार्वजनिक हुँदै आएको छ । यसपटक अलीले एसइईको नतिजालाई कमाउने माध्यम बनाए । एसइईको नतिजा खराब आएपछि प्रधानमन्त्री ओलीले निःशुल्क ट्युसनदेखि अनलाइन क्लाससम्मको स्किम सार्वजनिक गरिरहेका थिए ।

यसलाई सदुपयोग गर्दै असगरले एसइई लक्षित अनलाइन कक्षाका लागि शैक्षिक सामग्री बनाउने योजना ल्याए । यो प्रस्ताव लिएर उनी शिक्षामन्त्री विद्या भट्टराईलाई भेट्न गए । शिक्षा मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तै काम गर्दै आएको छ । केन्द्रले यस्तै अडियो र भिडियो सामग्री उत्पादन गर्दै आएको छ ।

जुन काम सरकारी निकायले गरिरहेको छ, त्यही काम किन निजी कम्पनीलाई दिने भनेर मन्त्री भट्टराईले असगरको प्रस्ताव अस्वीकृत गरिदिइन् । आफू निकटका असगरको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री ओली मन्त्री भट्टराईसँग चिढिए । आफ्नै पार्टीको मन्त्री भएर पनि असहयोग गरेकोमा उनको असन्तुष्टि थियो । त्यसपछि असगरको प्रस्ताव प्रधानमन्त्री कार्यालयबाट अघि बढ्यो ।

असगरको कम्पनीले बनाएको ‘एम्बिसन गुरु’ एपको प्रवद्र्धन गर्न शिक्षा मन्त्रालयको कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा तानियो । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखा प्रमुख उपसचिव गोविन्द अर्याललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । यसबाट असन्तुष्ट मन्त्री भट्टराईलाई प्रधामन्त्री ओलीले पेल्ने र अपमान गर्ने काम जारी राखेपछि राजीनामा दिन बाध्य भएको उनी निकट व्यक्तिहरु बताउँछन् ।

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार ०९:३९

लोकप्रिय

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.