२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

सुनको मूल्य दुई लाख नजिक, एकैदिन ६ हजार ९०० बढ्यो

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ वैशाख ९ गते मंगलबार

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा परेको छ । आज मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर सुन तोलाको दुई लाख रुपैयाँ नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार