जिल्ला अस्पताल सल्यानको निर्माणाधीन भवनको काम १० महिनादेखि अलपत्र परेको छ । १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गर्न तीन वर्षअघि सुरु गरिएको भवन निर्माण कार्य ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र अवस्थामा रहेको हो ।
२०७७ सालमा सुरु भई २०८० चैतसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको जिम्मा आरोग्य सुवेदी जेभी कम्पनीलाई दिइएको थियो । गत वैशाखयता भने निर्माण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । ठेकेदार कम्पनीले हालसम्म ७५ प्रतिशत काम सम्पन्न गरेको दाबी गरिए पनि बाँकी २५ प्रतिशत काम अझै रोकिएको छ ।
अहिलेसम्म झन्डै ११ करोड भुक्तानी लिइसकेको तर निर्माण कार्य अघि बढ्न सकेको छैन । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.अर्जुन बुढा मगरले निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले बैङ्क ग्यारेन्टी नबुझाएको र म्याद थपका लागि आवश्यक कागजी प्रक्रिया पूरा नगर्दा निर्माणमा ढिलाइ भएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सल्यान