सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेटबाट सन्दीप लामिछानेले सन्यास लिएकै हुन् ?

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्यास लिन खोजेको आशय व्यक्त गरेका छन् । गएराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् । उनले क्रिकेटबाट सन्यास लिएको भनेर नखुलाए पनि आशयचाहिँ त्यस्तै लाग्ने खालको छ । सो पोस्टमा उनले सबैलाई धन्यवाद दिएका छन् । उनका शुभचिन्तकले पनि उक्त पोस्टमा निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि । यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन् । तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’ सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतवार ०७:१६

लोकप्रिय