सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली र सुदूरपश्चिममा वर्षा, तराईमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहने सम्भावना छ । तराईमा हिजो, अस्ति जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन रहेको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतवार ०६:५७

लोकप्रिय