आकाशमा आगामी केही दिनमा १ लाख ६० हजार वर्षपछि एउटा दुलर्भ पुच्छ्रे तारा देखिने सम्भावना रहेको छ । नासाका अनुसार उक्त पुच्छ्रे ताराको कति उज्यालो हुन्छ भन्ने बारे अनुमान गर्न कठिन भए पनि ‘कमेट सी–२०२४ जी३ (एट्लास)’ नांगो आँखाले समेत देख्न सकिने आशा गरिएको छ ।
सोमबार उक्त पुच्छ्रे तारा ‘पेरिहेलियन’मा रहेको थियो, जुन सूर्यसँग सबैभन्दा नजिकको बिन्दु हो । यसले नै पुच्छ्रे ताराको चम्किलोपनबारे निर्धारण गर्नेछ । यो पुच्छ्रे तारालाई सोमबार रातिदेखि देख्न सकिने विज्ञहरूको भनाई छ । यो पुच्छ्रे तारा ठ्याक्कै कुन ठाउँबाट देखिन्छ भन्ने अझै थाहा नभए पनि विज्ञहरूले यो शुक्र ग्रह जत्तिकै चम्किलो हुने र दक्षिणी ध्रुवबाट राम्रोसँग देखिने बताएका छन् ।
पुच्छ्रे तारालाई गत वर्ष नासाको एस्ट्रोयड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अलर्ट सिस्टमले पत्ता लगाएको थियो । किंग्स कलेज लण्डनका एस्ट्रो फिजिस्टस्ट डा. श्याम बालाजीका अनुसार अहिलेको हिसाब किताबअनुसार पुच्छ्रे ताराले सूर्यदेखि ८३ लाख माइल टाढाबाट यात्रा गर्नेछ । विश्वविद्यालयले यसलाई १ लाख ६० हजार वर्षमा एक पटक हुने घटनाको रूपमा व्याख्या गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं