अन्डाको मूल्य एक हप्तामै दुईपटक बढाइएको छ । भोलिदेखि लागु हुने गरी ठूलो र मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघले यसअघि यही पुस ५ गते पनि अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको थियो । यही अनुसार एक हप्तामै अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढेको हो ।
संघका अनुसार, अब चितवनमै मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट प्रतिक्रेट ५१४ रुपैयाँ २९ पैसा पर्नेछ ।
पुस ५ गते मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ र ठूलो अन्डाको मूल्य ५०० रुपैयाँ कायम गरिएको थियो । सातवटा क्रेटको एक पेटीको मिडियम अन्डाको मूल्य तीन हजार ५०० रुपैयाँ पर्नेछ ।
ठूलो अन्डाको मूल्य प्रतिपेटी तीन हजार ६०० पर्नेछ । तोकिएको मूल्यमा चितवनबाट लोड भएर देशभरिको अन्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी थप १४० रुपैयाँ लाग्ने संघले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं