चालु आर्थिक वर्ष २०८१–०८२ को पाँच महिनामा नेपालगन्ज नाकाबाट केही जडीबुटीको निकासीमा अत्यधिक वृद्धि भएको छ । चालु आवको साउनदेखि मङ्सिरसम्म यस नाकाबाट रिट्ठा, खोटो, खयर कत्था र तार्पिन तेलको निर्यात अत्यधिक बढेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा रिट्ठा ४२१ प्रतिशत, तार्पिन तेल २३२ प्रतिशत, खोटो ८३ प्रतिशत र खयर कत्था ११ प्रतिशत वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार गत आवको पाँच महिनामा नेपालगन्ज नाकाबाट १४ करोड ५५ लाख ८० हजार रुपियाँको खोटो निर्यात भएकोमा चालु आवमा २६ करोड ७४ लाख ८८ हजार रुपियाँको निकासी भएको छ ।
यसैगरी गत आवमा १५ करोड ८७ लाख ५० हजारको खयर कत्था निर्यात भएकामा चालु आवमा १७ करोड २६ लाख ३२ हजार रुपैयाँको निकासी भएको छ । सोही प्रकारले गत आवको पाँच महिनामा ३६ लाख ४४ हजार रुपैयाँको रिट्ठा निर्यात भएकामा चालु आवको हालसम्म एक करोड ९० लाख सात हजार रुपैयाँको रिट्ठा निकासी भएको छ ।
यस्तै तार्पिन तेल गत आवको पाँच महिनामा दुई करोड ५३ लाख ५८ हजार रुपैयाँको निर्यात भएकामा चालु आवको सोही अवधिमा सात करोड दुई लाख ७७ हजार रुपैयाँको निर्यात भएको छ । रिट्ठा, खोटो, खयर कत्था र तार्पिन तेल जस्ता जडीबुटी र तेलको निर्यात फेरि एक पटक वृद्धि हुन थालेपछि व्यवसायी उत्साहित भएको बताइएको छ । सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले धेरै समयपछि जडीबुटीको निर्यात फेरि बढ्न थालेको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके