सूचनाको शक्ति - The Power Of Information

        

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ४०० रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८९० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ६३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतवार १३:३९

लोकप्रिय