सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर आज फेरि हालसम्मकै सर्वाधिक महँगो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । त्यसैगरी पाउन्ड, बहराइन दिनारसहितका मुद्राको पनि मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहितका मुद्रा भने सस्तिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ २९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८९ पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ २० पैसा र बिक्रीदर १३५ रुपैयाँ ८० पैसा थियो ।

यसअघि गएको मंगलबार (मंसिर १८ गते) अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ २२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८२ पैसा पुगेर हिजो थोरै घटेको थियो । त्यसैगरी आज युरो एकको खरिदर १४२ रुपैयाँ ११ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा छ । हिजो युरो एकको खरिदर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८८ पैसा थियो ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९८ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८० र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७२ र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६९ पैसा छ । हिजो कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ८४ पैसा थियो । त्यसैगरी बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६० रुपैयाँ ३९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६० रुपैयाँ १७ पैसा थियो ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.29 135.89
eur (European Euro)
1 142.11 142.74
gbp (UK Pound Sterling)
1 171.43 172.19
chf (Swiss Franc)
1 152.65 153.33
aud (Australian Dollar)
1 86.80 87.18
cad (Canadian Dollar)
1 96.21 96.64
sgd (Singapore Dollar)
1 100.50 100.94
jpy (Japanese Yen)
10 8.96 9.00
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.00 36.16
qar (Qatari Riyal)
1 37.11 37.28
thb (Thai Baht)
1 3.95 3.96
aed (UAE Dirham)
1 36.83 37.00
myr (Malaysian Ringgit)
1 30.39 30.52
krw (South Korean Won)
100 9.56 9.60
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 19.06 19.14
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 439.74 441.69
bhd (Bahrain Dinar)
1 358.80 360.39
omr (Omani Rial)
1 351.42 352.97

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०५:२७

लोकप्रिय