बाँकेको हुलाकी सडक अन्तर्गत नेपालगन्ज–बघौडा–अगैया सडक खण्डको राप्तीनदीस्थित सिधनियाघाटमा नयाँ पुल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिधनियाघाटमा हाल रहेको पुल पुरानो, साँघुरो र सानो भएपछि त्यहाँ ७०० मिटर लामो नयाँ पुल निर्माण कार्य भइरहेको हो ।
सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले सो पुलको निर्माण कार्यलाई तीव्रता दिएको छ । निर्माण थालेको करिव एक वर्षमा ३० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी सडक आयोजनाका फिल्ड इन्चार्ज इन्जिनियर राजेश पटेलले बताए ।
हाल सञ्चालनमा रहेको पुलमा एउटा गाडी मात्र ओहोरदोहोर गर्न सक्ने भएकोले नयाँ पुलका लागि बजेट विनियोजन गरिएपछि पुल निर्माणको काम तिव्र रुपमा अगाडी बढेको हो । निर्धारित समयभन्दा ६ महिनाअघि सक्ने गरि निर्माणको काम तिव्र रुपमा भइरहेको इन्जिनियर पटेलले बताए ।
२०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा पुलको सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । अहिले निर्माण भइरहेको पुल सात सय मिटर लम्बाइ र ११ मिटर चौडा छ । पुलको दुवैतर्फ १.७५ मिटर फुटपाथ निर्माण समेत गरिनेछ । भ्याटसहित एक अर्ब १९ करोडमा पुल निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
नदीको पानी नभएको ठाउँमा पिलर तयार भई ढलानको तयारी भइरहेको छ । सरकारले आवश्यक बजेट दिए समय अगावै काम सम्पन्न गर्ने योजना रहेको इन्जिनियर पटेलले बताए । पुल निर्माण भएपछि राप्तीपारीका सवारी साधनलाई नेपालगन्ज आवागमन गर्न निकै सहज हुने र वर्षामा यातायात नरोकिने नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।
उनले सो पुल बनिसकेपछि वर्षाको समयमा पनि आवागमन बन्द नहुने जनाउँदै पुल निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । नरैनापुर निवासी नसिम खाँले पुल निर्माण हुन थालेपछि खुसी लागेको बताए । उनले बाढीले सडक र कल्भर्ट बगाउँदा हिउँदमा समेत आउजाउ गर्न असहज हुने गरेको बताए ।
यस्तै, राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रशाद पाण्डेले नयाँ फराकिलो र लामो पुल बन्न थालेपछि यस क्षेत्रका स्थानीयमा आउजाउ गर्न सहज हुने आशा पलाएको बताए । ७०० मिटर लामो सो पुल निर्माणको लागि तत्कालिन भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री मोहम्मद इस्तियाक राईले २०७९ भदौ ४ गते शिलान्यास गरेरका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके