कम्प्युटर, इन्टरनेट वा डिजिटल प्रविधिको प्रयोग गरी व्यक्तिगत, व्यवसायिक वा सरकारी प्रणालीलाई हानि पुर्याउने क्रियाकलाप नै साइबर अपराध हो । साइबर अपराधको मुख्य जरा आधुनिक प्रविधिको दुरुपयोगमा आधारित छ । प्रविधिमा भएको तीव्र विकासले मानिसहरूको जीवनलाई सहज बनाए पनि यसको गलत प्रयोगले समाजमा गम्भीर र जटिल समस्या निम्त्याएको छ ।
कमजोर साइबर सुरक्षा प्रणाली, डिजिटल साक्षरताको अभाव, र प्रविधिको दुरुपयोग नै साइबर अपराधको प्रमुख कारण हुन् । आर्थिक लाभका लागि गरिएको अपराध, व्यक्तिगत प्रतिसोधका लागि गरिएको आक्रमण, र सरकारी प्रणालीलाई कमजोर बनाउन खोज्ने गतिविधिहरू साइबर अपराधका पछाडि रहेका प्रमुख कारण हुन् । विश्वभरि साइबर अपराधका विभिन्न स्वरूप देखापर्छन् ।
ह्याकिङ भनेको अनधिकृत पहुँचद्वारा संवेदनशील जानकारी चोरी गर्ने कार्य हो । उदाहरणका लागि, बैंक खाताको जानकारी चोरी गरी पैसा निकाल्ने गतिविधि । फिसिङ पनि अहिले निकै सामान्य छ, जहाँ व्यक्तिलाई झुटा ईमेल, सन्देश वा वेबसाइटमार्फत पासवर्ड र क्रेडिट कार्ड नम्बर जस्ता संवेदनशील जानकारी दिन प्रलोभनमा पारिन्छ । मालवेयर आक्रमण (हानिकारक सफ्टवेयर इन्स्टल गरेर डेटा चोरी गर्ने वा सिस्टम नष्ट गर्ने) र र्यानसमवेयर आक्रमण (डेटा लक गरी फिरौती माग्ने) अहिले संसारभरिका प्रमुख चुनौतीहरू हुन् ।
यी तरिकाहरूबाट व्यक्तिगत, व्यापारिक र सरकारी प्रणालीहरू सबै प्रभावित भएका छन् । नेपालमा पनि डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध बढ्दो क्रममा छ । पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ, इ–कमर्स प्लेटफर्म, र सामाजिक सञ्जालको दुरुपयोग गरी धेरै अपराध भएका छन् । उदाहरणका लागि, मोबाइल बैंकिङको ओटीपी चोरी गरेर रकम हिनामिना गर्ने, सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर मानिसलाई ठग्ने, र अश्लील तथा झुठा सामग्री फैलाएर व्यक्तिको प्रतिष्ठामा धक्का पुर्ययाउने कामहरू बढ्दै गएका छन् ।
नेपालमा साइबर अपराधको चेतना र यसको प्रभावकारी नियन्त्रणमा अझै धेरै गर्नुपर्ने आवश्यकता छ । नेपालमा साइबर अपराध नियन्त्रणका लागि विद्युतीय कारोबार ऐन, २०६३ ९भ्भिअतचयलष्अ त्चबलकबअतष्यल ब्अत० लागू गरिएको छ । यस ऐनले साइबर अपराधलाई कानूनी रूपमा परिभाषित गरी अपराधीलाई दण्ड दिने व्यवस्था गरेको छ । तर, कानूनी प्रक्रियाको ढिलासुस्ती, अद्यावधिक नियमहरूको अभाव, र प्रविधिमा दक्ष कानूनी विशेषज्ञहरूको कमीले गर्दा यसको कार्यान्वयन प्रभावकारी भएको छैन ।
साथै, अन्तर्राष्ट्रिय अपराधीहरूलाई ट्र्याक गर्न र कानूनी कारबाही गर्नको लागि नेपालले अन्य देशहरूसँगको सहकार्यमा ध्यान दिनुपर्छ । साइबर अपराधको नियन्त्रणका लागि डिजिटल साक्षरता अभिवृद्धि गर्नु अत्यावश्यक छ । विद्यालयदेखि नै प्रविधि सम्बन्धी शिक्षा, साइबर सुरक्षा सम्बन्धी सचेतना, र व्यक्तिगत डेटा सुरक्षित राख्ने अभ्यासमा जोड दिनुपर्छ । सरकार र निजी क्षेत्र मिलेर साइबर सुरक्षा प्रणालीलाई मजबुत बनाउनुपर्ने आवश्यकता छ ।
अपराध रोक्नका लागि कडा कानूनी व्यवस्था गर्नुका साथै, अपराधीलाई छिटो न्याय दिनुपर्ने प्रक्रिया अवलम्बन गर्नुपर्छ । स्वस्थ समाज निर्माणका लागि प्रविधिको सही प्रयोग र दुरुपयोग रोक्ने उपयुक्त नीति आवश्यक छ । सचेतना अभियान, सुरक्षाका नयाँ प्रविधि, र अन्तर्राष्ट्रिय सहयोगमार्फत मात्र साइबर अपराधलाई नियन्त्रण गर्न सकिन्छ । डिजिटल युगमा हरेक नागरिकले आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न र प्रविधिको सही प्रयोग गर्न सचेत हुनु महत्त्वपूर्ण छ । यसले समाजलाई सुरक्षित र प्रविधिमा आधारित स्वस्थ भविष्यतर्फ लैजान मद्दत गर्नेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सुनिल अर्याल । समय-सन्दर्भ