बाढीले घरबारबिहीन बनेपछि रसुवा र नुवाकोटका धेरै स्थानीय यतिबेला गहिरो चिन्तामा छन् । बेपत्ताको खोजी, फसेकाको उद्धारका लागि परिवारका सदस्य र आफन्त नुवाकोट सदरमुकाम विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा नाम टिपाइरहेका छन् । नेपाली सेनासहित सुरक्षाकर्मी उद्धारमा निरन्तर खटिएका छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार

