दसैँ र तिहारको बीचमा धेरै किसानले धान भित्र्याइसकेका थिए । गर्जाे टार्न धान विक्री गर्ने क्रम पनि सुरु भइसकेको थियो । तिहारपछि सरकारी निकायबाट धान खरिद सुरु हुँदा किसान धान विक्री गर्न तयार भए ।
प्रति क्विन्टल दुई हजार ७००, दुई हजार ८०० को वरिपरीमा विक्री गर्ने किसानले यसपाली प्रति क्विन्टल ६०० रुपैयाँभन्दा बढी अर्थात तीन हजार ४१० रुपैयाँमा धान विक्री गर्न पाए । किसानले मोटा धानको यतिधेरै मूल्य पाएको पहिलो पटक हो ।
गढवा निवासी शोभाराम यादवले ३६ क्विन्टल १८ किलो धान विक्री गरेवाफत एक लाख २३ हजार ३९२ रुपैयाँ बुझे । प्रति क्विन्टल तीन हजार ४१० रुपैयाँमा विक्री गर्न पाउँदा यादवले सन्तुष्ट रहेको बताए ।
अर्का किसान पुरण चौधरीले १० क्विन्टल धान ३५ हजार ५३७ रुपैयाँमा विक्री गरे । यसपाली धानको मूल्य राम्रो पाएको भन्दै खुशी व्यक्त गरे । अघिल्ला बर्ष किसानले सरकारले तोकेको समर्थन मूल्यमा धान विक्री गर्न पाएका थिएनन् ।
यस बर्ष सरकारले तोकेको मूल्यमानै धान विक्री भएपछि किसान खुशी भएका हुन् । जिल्लामा पहिलो पटक सरकारकारी स्तरबाट धान खरिद सुरु भएको हो । पहिला धानको मूल्य थिएन । सरकारले तोक्ने मूल्य यहाँसम्म आइपुग्दैनथ्यो ।
‘तर, अहिले तोकेकै मूल्यमा खरिद, विक्री भयो,’ यादवले भने,‘किसानको लागत अनुसार त अझै पुग्दैन । तर, पनि केही नभए पनि किसानले राम्रो मूल्यमा धान विक्री गर्न पाए ।’ सरकारी स्तरबाट तोकिएको मूल्यमा धान खरिद हुन थालेपछि व्यापारीले पनि धानको मूल्य बढाएका छन् ।
जिल्लामा सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न थालिएको छ । जिल्लामा पहिलो पटक सरकारी तहबाट धान खरिद गर्न थालिएको हो । यस बर्ष १८ हजार क्विन्टल धान खरिद गर्ने सम्झौता अनुसार किसानबाट धान खरिद सुरु भएको हो ।
स्थानीय सरकारले कृषि उपजका सामाग्रीको बजारीकरणका लागि खाद्य कम्पनीसँग सम्झौता गरेको छ । खाद्य कम्पनीले धान खरिद गर्दा किसानले उचित मूल्य पाएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताए ।
‘कृषि उपज उत्पादन हुने तर, त्यसको बजारीकरण र मूल्य नपाउने गुनासाहरु बढी थिए । हामीले बजारीकरणको लागि अध्ययन गर्यौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरेर बजारीकरणको काम अघि बढेको छ,’ अध्यक्ष पोख्रेलले भने, ‘किसानले उचित मूल्य पाएको महशुस हामीले गरेका छौं ।’
उनका अनुसार ‘पहिलो पटक धान खरिदको काम गढवाबाट सुरु भएको छ । यसअघि खसीबोकाको सामुहिक बजारीकरण गरेर गढवाले यसपालि धानको बजारीकरण थालेको हो । सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्दा किसानहरुमासमेत उत्साह थपिएको छ ।
किसानहरुबाट सहज रुपमा धान खरिद सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर प्रमुख तिलक सुनारले जानकारी दिए । ‘किसानबाट धान खरिद गर्ने काम उत्साजनक रुपमा सुरु भएको छ’ प्रमुख सुनारले भने,‘खाद्यले यसअघि धान खरिद गरेको थिएन ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ