अमेरिकी राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् । वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् ।
आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दाजस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् । उनले आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको बताइन् । शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनले उल्लेख गरिन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं