सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मीनलाई अवसर, तपाईंको कस्तो छ ?

२०८१ माघ १५ गते मंगलवार, २८ जनवरी २०२५ । माघ कृष्णपक्ष चतुर्दशी तिथि, १९ः३१ बजेपछि औंसी । पूर्वाषाढा नक्षत्र, ८ः५६ बजेपछि उत्तराषाढा । चन्द्रराशि धनु, १५ः०० बजेपछि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटले काम लिन नसक्दा केही पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । साँझतिर सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ । साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा खानपानमा ध्यान पुर्याउनुहोला । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । साँझतिर व्यापारमा राम्रो फाइदा हुनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । प्रियजनसँगको भेटघाटले साँझ रमाइलो रहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काममा केही अलमल हुन सक्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ । तापनि अपराह्न काल शुभफलदायी रहनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । समाजबाट सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै उपलब्धि प्राप्त गर्न सकिनेछ । कृषि र व्यापारमा दिगो काम सुरु हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । आफन्तसँग दूरी बढ्नेछ । गोपनीयतामा विशेष सावधानी अपनाउनुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ । धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययनमा त्यति समय दिन नसकिएला । प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला । मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ । साँझतिर आर्थिक क्रियाकलापमा फाइदा हुनेछ । बुद्धिले काम लिँदा चिताएको योजना बन्नेछ । कामले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् र सानो प्रयत्नले ठूलो काम बन्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसर आए पनि कामले पछि परिने समय छ । अरूका काम र भेटघाटमा अलमलिनुपर्ला । आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला । अपराह्नतिर रोकिएका काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पछिका लागि केही वस्तु त्याग्नुपर्ला । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ । कर्जामार्फत धन जुट्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । साँझदेखि पारिवारिक भेटघाटले खुसी मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना छ । खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । तर महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । साँझतिर व्यापारमा फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ०६:३३

लोकप्रिय