सूचनाको शक्ति - The Power Of Information

        

विपक्षी दलहरुले भने, ‘भ्रष्टाचारलाई प्रशय दिँदै सरकार सुशासनमा चुक्यो’

विपक्षी दलको बैठकले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाइने समेत उनले बताए ।

उनका अनुसार बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको बैठकले निष्कर्ष निकालेको छ । यस्तै सरकार सुशासनको सवालमा चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको लगायत आरोप पनि विपक्षी दलले लगाएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १२:१२

लोकप्रिय