बाँके जिल्लामा १४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०–०८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ ।
अस्पताल प्रमुख मङ्गल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, रोल्पाका पाँच, दैलेखका चार र सुर्खेतका एक जना छन् । पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीहरुमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको पाइएको उनले जानकारी दिए । साइनिङ अस्पतालले बहिरङ्ग सेवामार्फत १७ हजार २६५ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।
अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायत गतिविधि गरिरहेको जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके