नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समय राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै अब तीन अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सम्भव भएको हो ।
प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ । यसैगरी मोरङ विराटनगर, झापा चन्द्रगढी, धनुषा जनकपुर, बाँके नेपालगन्ज, बारा सिमरा र सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुन्छ । अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय, तीन हबसहित ३५ विमानस्थलमा उडान भइरहेको छ ।
देशभरिका २० विमानस्थल भने बन्द अवस्थामा छन् । नेपालमा एक हेलिपोर्ट (नलिन चोक) छ । एक अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) निर्माण (प्रस्तावित) छ । प्राधिकरणका अनुसार देशभरि तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक विमानस्थल छन् । त्यसमध्ये ४२ विमानस्थल धावनमार्ग कालोपत्र भइसकेको प्राधिकरणले जनाएको छ । ५२ आन्तरिक विमानस्थलमध्ये ४१ साना हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं