दशैं र पिङ नेपाली समाजमा पर्यायजस्तै भएको छ । विजयादशमी अर्थात् टीकाको दिन पृथ्वीलाई भार पार्नु हुन्न भन्ने विश्वासमा एकछिन भए पनि भुइँ छोड्न पिङ खेल्ने चलन नेपालमा परापूर्व कालदेखि चलिआएको छ । विभिन्न ठाउँमा विभिन्न खालको पिङ हाल्ने गरिएको छ । कतै बाँसको लिंगो बनाएर लिंगे पिङ हालिन्छ भने कतै पिपल वा वरको ठूलो रुखको हाँगामा पिङ झुण्ड्याउने गरिन्छ ।
त्यस्तै पहाडतिर भने रोटे अर्थात् चर्खे पिङ पनि हाल्ने गरिएको छ । तर जसरी आधुनिकताले पिङ संस्कृति जोखिममा परेको छ त्यसैगरी चर्खे पिङको परम्परा पनि हराउँदै जान थालेको छ । विपी राजमार्ग बन्नुअघि दुर्गम मानिने काठमाडौंबाट पूर्वीतर्फको जिल्ला रामेछापमा विगतमा चर्खे पिङको खुबै प्रचलन थियो । पिङ हराउँदै गएसँगै रामेछापमा रोटे पिङ पनि हराउँदै जान थालेको छ । विगतमा जताततै देखिने यस्तो पिङ हालका दिनमा एकाध मात्र देखिन थालेका छन् ।
रामेछापको सालुमा भने अझै पनि स्थानीयले रोटे पिङ हाल्ने गरेका छन् । केही वर्षयता यस्ता पिङ देख्न मुस्किल भएको सालुका स्थानीय बताउँछन् । ‘पहिला पहिला त लिंगे पिङ, रोटे पिङ र फन्फनी घुम्ने चाकाचुली पिङ पनि हाल्ने गरिएको थियो,’ सालुका सुमेश घिमिरे भन्छन्, ‘अहिले लिंगे पिङ त हालिन्छ नै रोटे पिङ पनि निकै मेहनेतले हाल्ने गरिएको छ । अब कतिन्जेल हाल्ने होला र?’
चर्खे पिङ बनाउँदा, खेल्दा, खेलाउँदा दुई चार जना नै आवश्यक पर्छ । ‘चर्खे पिङ बनाउन एक दुई जनाले मात्र हुँदैन समूह नै चाहिन्छ,’ घिमिरे भन्छन्, ‘यसले सामूहिकताको पनि विकास हुन्छ । रमाइलो पनि हुन्छ ।’ कामका लागि गाउँ छाडेर गएकाहरु दशैंका अवसरमा गाउँघर आइपुग्छन् । दशैंमा रमाइलो गर्ने, पिङ खेल्ने, मिठो परिकार खाने पहिलादेखि चलिआएको परम्परा हो । तर आधुनिकताको प्रभावसँगै दशैंका पुराना अभ्यासहरु हराउँदै जान थालेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रामेछाप