आज २०८१ असोज २१ गते सोमवार, ७ अक्टोबर २०२४ । आश्विन शुक्लपक्ष चतुर्थी तिथि, ६ः१६ बजेपछि पञ्चमी । अनुराधा नक्षत्र । चन्द्रराशि वृश्चिक ।
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । अध्ययन र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेवछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । तत्काल समस्या देखिए पनि पछिका लागि काम गर्ने समय छ ।
दिन रमाइलो र उत्साहजनक रहनेछ । प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ । अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । उपहार आदिमा खर्च बढ्न सक्छ । सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ । तापनि भौतिक साधन जोड्ने समय छ । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला ।
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । तापनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पदीय जिम्मेवारी हातपार्न सकिनेछ ।
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, नयाँ योजना थाल्न केही समय लाग्नेछ ।
मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ । तर अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला ।
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला ।
अवसरका साथ चुनौती पनि देखा पर्नेछन् । आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मौकामा आलस्य गर्ने प्रवृत्तिले पछि परिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ । लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ ।
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चलअचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं