सूचनाको शक्ति - The Power Of Information

        

बडादसैँको दोस्रो दिन : ब्रह्माचारिणी देवीको आराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज नवदुर्गा मध्येकी ब्रह्माचारिणीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एकएक स्वरूपको आराधना परम्परा छ ।

तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्माचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ ।

कमलको आसनमा बसेकी ब्रह्माचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ । यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ । आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।

नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दसैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ०८:००

लोकप्रिय