२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday

आज रातिदेखि खुल्दै डीभी, यसरी भर्नुहोस्

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज १६ गते बुधबार

सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९ः४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।

यसको आवेदन https://dvprogram.state.gov/ मा नभेम्बर ५, राति १०ः ४५ बजे (नेपाली समय) सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । दूतावासले प्रति व्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार