नेपालगन्जमा लामो समयदेखि प्रमुख समस्याको रुपमा रहेको छाडा चौपायाबाट हुने दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टीकर लगाउन सुरु गरिएको छ । छाडा चौपायाका कारण रातिको समयमा बढी दुर्घटना हुन थालेकाले रोक्न प्रहरीले छाडा चौपायाको घाँटीमा टाढैबाट टल्कने स्टीकर लगाउन थालेको हो ।
नेपालगन्ज उपमहानगरपालिका –४ र ६ स्थित सडकमा बढी छाडा चौपाया भेटिने गरेको हुँदा त्यहाँ भेटिएका छाडा चौपायालाई वडा प्रहरी कार्यालय नेपालगन्जले घाँटीमा टल्किने रिफ्लेक्टर स्टीकर टाँसेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
उनले दिउँसो मात्र नभई छाडा गाईबस्तुले रातको समयमा पनि दुर्घटना गराउने गरेकाले रोक्नका लागि छाडा चौपायाको घाँटीमा स्टीकर टाँस्न सुरु गरिएको बताए । उनले सो स्टिकर टाढैबाट टल्किने हुँदा सडकमा आवागमन गर्ने सवारी साधन र मानिस दुबैलाई आवागमनमा सहज हुने तथा दुर्घटनाको जोखिम पनि कम हुने बताए ।
छाडा गाईबस्तुको घाँटीमा टल्किने स्टिकर लगाउन सुरु गरिए पनि सो कार्य अति नै गाह्रो रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बमले भने, ‘हाम्रो प्रयास छाडा चौपाया जति सबैलाई स्टीकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखेर गाइहरुले झम्टिन खोज्छन्, निकै मिहिनेत गरेर मात्र स्टिकर लगाउन सकिएको छ ।’
चैपायाको घाँटीमा स्टिकर लगाउन सादा पोशाकका प्रहरी परिचालन गरिने पनि उनले बताए । नेपालगन्जको छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौती बन्दै गएको छ । सडकका चौपाया व्यवस्थापनका लागि पटक पटक विभिन्न योजना बनाइएको भए पनि अझै सो समस्या स्थायी रुपमा समाधान हुन सकेको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके