आज २०८१ असोज १६ गते बुधवार, २ अक्टोबर २०२४ । आश्विन कृष्णपक्ष, औंसी तिथि । उत्तरफाल्गुनी नक्षत्र, १२ः४४ बजेपछि हस्त । चन्द्रराशि कन्या ।
आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ । परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ । अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ । वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
सामान्य काममै अलमल हुनाले मुख्य काम रोकिन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला ।
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ । सानो कमजोरीले बाधा पुर्याउनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । पछिका लागि जोहो गर्नुपर्ने समय छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ ।
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । प्रतिस्पर्धीहरूले भने काममा बाधा पुर्याउन सक्छन् । स्रोतसाधन नजुटे पनि नयाँ काम थाल्न सफल भइनेछ । रोग र शत्रुलाई हराउन सफल भइनेछ ।
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । तत्काल फाइदा नभए पनि सम्भावना खोजी गर्ने समय छ । पहिलेको उपलब्धिलाई जोगाउने प्रयत्न गर्नुहोला ।
परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन् । काम रोकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।
सानो कामका लागि बढी मेहनत गर्नुपर्ने देखिन्छ । संघर्षले कर्मयोग अघि बढ्नेछ । अरूका लागि रकम र समय खर्चनुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । तर आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ, सजग रहनुहोला ।
अस्वस्थताले कमजोर भइनेछ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । यात्रा अलि कष्टपूर्ण हुन सक्छ । समस्या पर्दा आफन्तको साथ जुट्नेछ । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं