सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो । मृतकमध्ये अधिकांश शनिबारको बाढीपहिरो र डुबानका घटनामा परेका हुन् ।

अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ ।

प्रहरीले घटनामा अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ । बेपत्ताहरूको खोजी कार्य हुनुका साथै उद्धारलाई प्रभावकारी बनाउन लागिपरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बाढीपहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार भएको छ । यस्तै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार १७:०७

लोकप्रिय