काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट २३ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आएको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।
उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ । अहिलेसम्म २३ शव फेला परेको प्रहरीले जनाएको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।
उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो । अहिलेसम्म उक्त स्थानमा गएको पहिरोमा परी अहिलेसम्म ३७ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं