बुटवलबाट काठमाडौँ जाँदै गर्दा धादिङको झ्याप्लेखोलामा पुरिएको गाडीमा रहेका नौ जना यात्रुको परिचय खुलेको छ । शुक्रबार बिहान बुटवलबाट काठमाडौँतर्फ गएको लु १ ज ४५७८ नम्बरको विंगरसँगै १४ जना यात्रु पुरिएका थिए ।
विंगर गाडीका चालक रमेश लुइटेल, स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षका दीपेश र दीपिका भट्टराई तथा उनीहरुकी आमा सीता भटराईको नाम खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी विंगर पुरिएर निधन हुनेमा बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन् । नागढुंगा प्रहरी प्रभागका अनुसार मृतकहरूको पहिचान खुल्न नसकेको र उनीहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
गाडीमा हरारइहेकाहरूका आफन्त सम्पर्कमा आउने क्रममा रहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ट्राफिक चोकबाट दुई समूहका गरी सातजनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन् । पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो ।
प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान उक्त जिपमा काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट सात जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए ।
यात्रुहरुले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा चार जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये, बोम, कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ । पहिरोमा गाडी शुक्रबार साँझ पुरिएको भए पनि शनिबार साँझ मात्रै फेला परेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं